काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ। कम्पनीको हकप्रद सेयरमा माघ २९ गतेसम्म आवेद दिन सकिने भएको छ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।
हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन्।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक र यसका विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो सेयर अनलाइनमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्