काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड बराबरको भौचर तथा नि:शुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७०% सम्मको छुटमा उत्पादनहरू किन्न पाउनुहुनेछ । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको छ । किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत ( ७ सय ५० सम्म) छुटपनि प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १० प्रतिशत (५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, ग्राहकहरूका लागि ४४ हजार ४ सय ४४, र ४ हजार ४ सय ४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, ९९ रुपैयाँ ३ सय ९९, ९ सय ९९, र १ हजार ९ सय ९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउनेछन् ।
४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५,००० बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ बजार ९ सय ९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन् । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले १० हजार ३ सय बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्नुहुने कम्पनीले जानकारी दिएको छ ।
४.४ नव बर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५ हजार बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नु हुनेछन् भने, एकजना ग्राहकले १२ हजार बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र १० हजार बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, १ लाख भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले १० हजारसम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।
दराज नेपालको ४.४ सेलबारे थप जानकारीका लागि www.daraz.com.np भ्रमण गर्नुहोस्, दराज नेपालको फेसबुक पेज हेर्नुहोस्, वा दराज एप ब्राउज गर्नुहोस् ।
दराज समूहबारे जानकारी
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ५० करोड भन्दा बढी मानिसको बजार लक्षित गर्दै, दराजले अत्याधुनिक मार्केटप्लेस प्रविधि प्रदान गर्दै आइरहेको छ । ई–कमर्स, लजिस्टिक्स, भुक्तानी सेवा, तथा वित्तिय सेवा एकीकृत गर्दै, दराजले ग्राहकहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दै, दक्षिण एसियाली समुदायलाई व्यापारमार्फत सशक्त बनाउने लक्ष्य बोकेको छ ।
प्रतिक्रिया दिनुहोस्