Skip to content
Shikhar Insurance
National Life

अध्यक्ष दाहालको आरोप: ‘बलात्कारी र हत्यारा राजाहरु नै हुन्, मूर्ति चोरेर विदेशमा पुर्‍याउने पनि राजाहरु नै हुन्’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका छन् । योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका हुन् ।

उनले नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा सबैलाई स्पष्ट रहेको बताए । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरु नै भएको आरोप उनको छ ।

राजाहरुले नै मूर्ति चोरेर विदेशमा पुर्‍याउने गरेको आरोप लगाउँदै तस्करका नायिकेहरु तत्कालीन समयका राजा नै भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरुलाई विचरा थाहा छैन । उनीहरुलाई भर्खर शान्ति सम्भmौतापछि जन्मिएर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरुलाई त राजाले के गर्‍यो, नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाईहरु र राजाहरुले नै गरेको भन्नेकुरा उनीहरुलाई थाहा छैन । त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ जनतालाई । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका । मूर्ति चोरेर विदेशमा पुर्‍याउने को हुन् ? भनिदिनुपर्‍यो जनतालाई । तस्कारका नायिकेहरु को हुन्, भनिदिनुपर्‍यो जनतालाई । नारायणहिटी हत्यकाण्डका नायिकेहरु को हुन् ? भन्नकुरा भनिदिनुपर्‍यो जनतालाई ।’

अध्यक्ष दाहालले स्वास्थ्यको क्षेत्रमा यो भएन, त्यो भएन भनेर बोल्ने कुनै नैतिक अधिकार राजावादीहरुलाई नभएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्