Skip to content
Shikhar Insurance
National Life

साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थी हेल्थ प्याकेज’ का लागि सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच एक सम्झौता भएको छ । उक्त सम्झदारी अन्तर्गत, दुबै संस्थाले विदेशमा रहेका व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा-बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित ‘हेल्थी हेल्थ प्याकेज’ ल्याउने निर्णय गरेका छन् ।

जसले विश्वभरि रहेका छोराछोरी तथा आफन्तले On-line बाट सेवा खरिद गरी आफ्नो नेपालमा रहेका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्ने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस प्याकेज अन्तर्गत विशेष गरी पूर्ण स्वास्थ्य परीक्षण, प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षण को सुबिधा लिन सक्ने अस्पतालले जनाएको छ ।

सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरेका हुन् ।

समारोहमा बोल्दै ग्राण्डी अस्पताल प्रमुखले भने, ‘विदेशमा रहेका नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनजलाइन बात खरिद गरी प्रदान गर्न सक्नेछन्। यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।’

त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले भने, ‘हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरुलाई स्वास्थ्य सेवा सुबिधा पुर्याउने यात्रामा छौं।’

GBIME

प्रतिक्रिया दिनुहोस्