Skip to content
Shikhar Insurance
National Life

‘उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउन आयातित वस्तुमा लाग्ने भन्सार दर बढाउनुपर्छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउनु जरुरी रहेको बताएका हुन् ।

उनले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुन: समिक्षा गर्न आग्रह गरे । भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन नसकिने उनको भनाइ छ ।

सांसद महतले सुन नेपालीका लागि लक्जरी नभई संकटको बेला तुरुन्तै नगदमा रूपान्तरण गर्न सकिने भएको उल्लेख गर्दै त्यसमा लगाइएको विलासी करबारे समेत पुनरावलोकन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामीले बाहिरबाट आउने उत्पादित वस्तुलाई चाँही महंगो बनाउनु पर्यो । भन्सार दर बढाउनुपर्यो । अब यसमा अर्थ मन्त्रालय सिरियस हुनुपर्छ । आन्तरिक उत्पादनमा भ्यालु एडेड ट्याक्सको सिस्टम नै नआउने भन्दा पनि बाहिरबाट आउने वस्तुमा लाग्ने भन्सार दर बढाउनुपर्छ । हाम्रो उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउने हो भने भन्सार दर बढाउनुपर्यो । अहिले त घटाएको भनेर आयो ।’

‘आन्तरिक उत्पादनमा कर राखेको भन्ने गुनासो पनि आयो । अब यसको सम्बोधन हुन्छ कि हुदैन तर गम्भिर रुपले सोच्ने विषय हो भन्ने मलाई लाग्छ । सुन पनि हाम्रो लागि लक्जरी आइटम होइन । आफूहरुलाई दु:ख पर्दा तुरुन्तै क्यासमा कन्भर्ट हुने भएको हुनाले यसमा पनि विचार पुर्याउनुपर्छ । यो कुरा मैले संसद पनि भनेको छु । सुन तस्करी रोक्नको लागि भन्सारमा कर लगाउनुपर्ने भएपनि पसबलबा प्रयोगका लागि किन्ने सुनमा करको बारेमा हेर्नुपर्छ भन्ने कुरा हो’ नउले बताए ।

उनले आन्तरिक उत्पादनको प्रयोगलाई बढावा दिन आयातित वस्तुहरुलाई महंगो बनाउनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE