Shikhar Insurance
National Life

भन्सारको लक्ष्य कुनै हालतमा पुरा हुनुपर्छ: अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ माघ १३, आईतवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भन्सारको राजश्व संकलन लक्ष्य कुनै पनि हालतमा पुरा हुनुपर्ने बताएका छन् । ७३ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लक्ष्य अनुसार राजस्व असुल गर्नैपर्ने बताएका हुन् ।

उनले गत आर्थिक बर्षको तुलनामा यसपाली भन्सार बढ्यो भन्ने नभएर यसपालीको लक्ष्य अनुसार नै सकंलन हुनुपर्नेमा जोड दिएका हुन् । ‘राजस्व संकलनको हिसाबले चापमा छौं। यो कुरा भन्सार बिभागका कर्मचारीहरुले बुझ्नुपर्छ । विगतको तुलनामा धेरै कर उठाइयो भनेर मात्रै हुदैँन । यसपालीको लक्ष्य अनुसार भन्सार महशुल उठ्नुपर्छ ।’ मन्त्री पौडेलले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले यसपाली लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था रहेको र त्यसमा कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्नेमा पनि जोड दिए । ‘मेरो अनुमानमा यसपाली हामी लक्ष्य पूरा गर्न सक्ने अवस्थामा छौं यसमा कर्मचारीहरु इमानदार भएर लाग्नुपर्छ । अहिलेको सरकार एक थान सरकार थपियो भन्ने मात्रै होइन । यो सरकार काम गर्नका लागि आएको हो ।’ मन्त्री पौडेलले भने । उनले अध्यादेशहरुका कारण निजी क्षेत्रमा उत्साह जागेको दावी गर्दै यो सुधारको प्रयास मात्रै भएको र अझै ठूला सुधारहरु गर्दै जाने बताए । ‘निजी क्षेत्रका साथिहरुले अध्यादेशको स्वागत गरिरहनु भएको छ । म भन्न चाहान्छु, यो निजि छेत्रको लागि गरेको अन्तिम प्रयास होइन । यो सुरुवात मात्रै हो ।’

निजी क्षेत्रले पनि राजश्व चुहावट रोक्न सहयोग गर्नुपर्ने मन्त्री पौडेलको धारणा थियो । निजी क्षेत्रका छाता संस्थाहरुले आफ्ना सदस्यहरुलाई राजश्व तिर्न प्रेरित गर्नुपर्ने उनको भनाई थियो ।

“अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन । हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, निजी क्षेत्रको मनोबल उकास्न र लगानीयोग्य वातावरण सिर्जना गर्न सरकारले अध्यादेशमार्फत केही कानुनहरु ल्याएकामा निजी क्षेत्रबाट पनि सरकारको यो कदमको स्वागत भएको उनको भनाइ छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकारले निरन्तर प्रयास गरिरहेको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

“अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने, उत्पादन–उत्पादकत्व र आर्थिक वृद्धिका लागि सरकारले चालेको यो कदम अन्तिम होइन । यस्ता कदम थप चाल्दै जानेछौँ”, उनले थपे, “यो सरकार बन्दैगर्दा अर्थतन्त्रमा जुन निराशा र शिथिलता थियो, त्यसलाई चिर्न सरकार सफल भएको छ ।

निराशालाई आशामा बदलेर अर्थतन्त्रमा गतिशीलता दिनुपर्छ भन्ने दिशामा सरकार निर्देशित छ । सबैले यही भावनाका साथ काम गरौँ ।” भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए । “लक्ष्यअनुसार राजस्व सङ्कलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासनबीच समन्वय आवश्यक छ । सरकारले तपाईंहरुले गरेको कामको परिणामका आधारमा मूल्याङ्कन गर्छ”, अर्थमन्त्री पौडेलले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्