Skip to content
Shikhar Insurance
National Life

भन्सार प्रमुख तिम्सिनामाथि आक्रमण भएपछि कर्मचारीहरुले मागे सुरक्षा, ‘तत्काल कारबाहि गरियोस्’

Hyundai
NCELL
NIMB

काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिना कुटिएका छन् । जेठ १० गते कार्यालय परिसमै प्रमुख तिम्सिना कुटिएका हुन् ।

तिम्सिनालाई धनगढी उपमहानगरपालिकामा नगर प्रहरीहरुले कुटपिट गरेका हुन् । अर्थ मन्त्रालय संबद्ध कर्मचारी ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ति निकाल्दै भनेको छ, ‘मिति २०८२/०२/१० गते राती अन्दाजी १०.०० बजेको समयमा कैलाली भन्सार कार्यालयको परिसरमा कार्यालयको कामसँग सम्वन्धित विषयमा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई आवास तर्फ फर्कने क्रममा कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनालाई कैलाली धनगढी उपमहानगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत रहेका भनी बुझिएका लक्ष्मणसिंह धामी लगायतका ५/७ जना ब्यक्तिहरुले निर्घात कुटपिट गरेको उक्त कुटपिट गरेको स्थान क्लोज सर्किट क्यामेरा (सि. सि.टि. भी) को निगरानीमा रहेको थाहापाई उक्त स्थानबाट लछार पछार गरी क्यामराको निगरानी क्षेत्र बाहिर लगी शरिरको विभिन्न स्थानमा हातले एवं लात्तिले प्रहार गरी घाईते बनाएको घटना प्रति यस अर्थ मन्त्रालयमा क्रियाशील कर्मचारी संगठनहरुको गम्भिर ध्यानाकर्षण भएको छ।’

भन्सार कार्यालय जस्तो अत्यन्त सम्वेदनशील एवं राज्यको महत्वपूर्ण निकायमा अनाधिकृत व्यक्तिहरु प्रवेश गरी सरकारी कामको सिलसिलामा खटिई रहेका राष्ट्रसेवक कर्मचारी माथि कुटपिट गरी घाईते बनाउने अमानवीय एवं कानून विपरितको क्रियाकलापको युनियनहरुले घोर निन्दा र भर्त्सना गरेको छ ।

यस निन्दनीय घटनामा संलग्न ब्यक्तिहरुलाई अविलम्व पक्राउ गरी कानून बमोजिम हदैसम्मको कडा कारवाही गर्न र कर्मचारीको सेवा प्रवाह गर्ने कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च बनाउने वातावरण सृजना गर्न सरकारसँग कर्मचारीहरुले जोडदार रुपमा माग गरेका छन् ।

दोषीमाथी कारबाहि नभए आन्दोलन गर्न बाध्य हुने कर्मचारीहरुले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्