Skip to content
Shikhar Insurance
National Life

‘करेन्ट चाउचाउ’ उत्पादक यशोदा फुड्सको व्यापार १८.४४ प्रतिशतले बढ्यो, ५ अर्ब ८६ करोडको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । यशोदा फूड्स प्राइभेट लिमिटेडको व्यापार १८.४४ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले अघिल्लो आव सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगटेको यशोदा फूड्सको स्थापना २०१७ मा भएको हाे । यशोदा फुड्स एक निजी कम्पनी हो । कम्पनीको तिलोत्तमा-१५, रुपन्देही, नेपालमा उत्पादन केन्द्र रहेको छ ।

कम्पनीले विभिन्न प्रकारका चाउचाउ, चिजबल लगायतका वस्तु उत्पादन गर्दै आएको छ । यशोदा फुड्ससँग चाउचाउ उत्पादन गर्न सक्ने क्षमता वार्षिक ४२ हजार टन र स्न्याक्स् सेग्मेन्टअन्तर्गत कम्पनीको क्षमता वार्षिक ४ हजार ५०० टन रहेको छ ।

नेपाली बजारमा यशोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ लोकिप्रिय बन्दै गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्