Skip to content
Shikhar Insurance
National Life

९ महिनामा चालु खाता २१० अर्बले बचतमा, प्रत्यक्ष वैदेशिक लगानी झण्डै ९ अर्ब

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ९ महिनामा चालु खाता २१० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.६ अर्ब ४९ करोड रहेको थियो । चालु आवको ९ महिनामा शोधनान्तर स्थिति रु.३४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्