Skip to content
Shikhar Insurance
National Life

तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट २२ लाख १० हजारमा निर्माण हुँदै

Hyundai
NCELL
NIMB

तनहुँ । शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ ।

नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते विसं २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

नगरले यहाँ कल्भर्ट निर्माणका लागि २५ लाख बजेट विनियोजन गरेपनि २२ लाख १० हजार २५० मा ठेक्का सम्झौता भई कल्भर्ट निर्माण भएको शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिए । कल्भर्टको लम्बाइ २० मिटर रहेको छ ।

कल्भर्ट निर्माणपछि शुक्लागण्डकी–१० स्थित कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका सर्वसाधारणलाई आवागमन सहज भएको उनले विश्वास व्यक्त गरे । उनले भने ‘यहाँ वर्षाका बेला खोला बढेर वारपार गर्न निकै समस्या थियो । सोही कारण पालिकाले आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाएको हो ।’

बर्सेनि बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र बिरामी हुँदासमेत जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या समाधान भएको स्थानीय दीपबहादुर नेपालीले बताए ।

उउनले भने ‘खोला बढ्दा पनि सहज रूपमा विद्यालय, अस्पताललगायत काममा जान सकिन्छ ।’ नेपालीले वडा र नगरपालिकाका कर्मचारीलाई कल्भर्ट नहुँदा स्थानीयले भोगेका समस्याका बारेमा बारम्बार जानकारी गराएपछि समाधान भएको उल्लेख गरे ।

कल्भर्टको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताए ।

उनले भने ‘यहाँ कल्भर्ट नहुँदा जनताले पाएको दु:खबारे जानकारी प्राप्त हुनासाथ हामीले आन्तरिक बजेट विनियोजन गरेर काम अगाडि बढायौँ । म्याद अगावै काम पनि सम्पन्न भयो ।’ उपप्रमुख खुमबहादुर विकले गाउँलाई सहरसँग जोड्न पालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्