काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आज बस्दै । कम्पनीको बैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले आज (जेठ २३ गते) सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा बस्दैछन् ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।
सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गरि सकेको छ । जसअनुसार जेठ ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्