काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले फागुन २२ गते (आज) देखि साढे १८ लाख ४५ कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १ सय रुपैयाँमा २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको थियो।
सो मध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
कम्पनीले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि आजदेखि निष्कासन गरेको हो। यस आइपीओमा आवेदन दिँदा घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले आइपीओ फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्