Skip to content
Shikhar Insurance
National Life

क्रेस्ट माइक्रो लाइफको वार्षिक साधारणसभा जेठ २३ गते, यस्ता छन् एजेन्डा

Hyundai
NCELL
NIMB

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीकाे बैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले जेठ २३ गते सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको साधारणसभामा भाग लिन योग्य हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्