काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ। यस अनुसार भोली अर्थात बिहिबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा भोलीको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार खुल्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्