Shikhar Insurance
National Life

सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एकीकृत समाजवादीको आरोप

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २७, मंगलवार १६:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरु सल्बलाउन थालेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद पाण्डेले वर्तमान सरकारले समेत नयाँपन दिन नसकेका कारण प्रतिगमनकारीहरु सक्रिय भएको आरोप लगाए । उनले भ्रष्टचारीहरुलाई कारबाही गर्न वर्तमान सरकार पूर्णत: असफल भएको बताए । सरकारले शासन सञ्चालनमा पक्षपात गर्दै रवि लामिछानेलाई जिल्ला घुमाउने काम गरिएको सांसद पाण्डेको आरोप छ । उहाँले लामिछानेको जस्तै मुद्दामा काँग्रेस उपसभापति र एमाले सांसदहरुलाई कुनै कारबाही नगरिएको जिकिर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वर्तमान सरकारले सत्तापक्षको लागि एउटा कानून र प्रतिपक्षको लागि अर्को कानून कार्यान्वयन गरेजस्तो देखिएको टिप्पणी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्