काठमाडौं । जेठ १५ गते राजधानीमा राजावादी र एमाले कार्यकर्ता आमने–सामने हुने भएका छन् । गणतन्त्र घोषणा भएकै दिन अर्थात जेठ १५ गते राजावादीहरुले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सोही दिन एमालेले राजधानी कब्जा गर्ने तयारी गरेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले कार्यकर्ताहरुलाई निर्देशन दिँदै जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुनुपर्ने बताएका हुन् ।
सोही दिन राप्रपाको नेतृत्वमा राजावादीहरुले आन्दोलन गर्ने र एमालेले सोही दिन गणतन्त्रका पक्षमा प्रदर्शन गर्ने घोषणा गरेपछि भिडन्तको अवस्था आउन सक्ने देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्