Skip to content
Shikhar Insurance
National Life

विवादित महानिर्देशक घिमिरेको जागिर अवधि सकियो, २ दिन अघि नै दिए राजिनामा

Hyundai
NCELL
NIMB

काठमाडौं ।  राजस्व अनुसन्धान विभागमा महानिर्देशक चण्डीप्रसाद घिमिरेको उमेर हदका कारण जागिर खाने समय सकिएको छ ।

असार १५ गते अन्तिम दिन भएपनि उनी २ अगावै राजिनामा दिएर सेवानिवृत्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ भदौ ७ गते घिमिरेलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

उनको १० महिने कार्यकाल विवादै विवादले घेरियो । नेपाल प्रहरीले २५ करोड अवैध मुद्रा समातेर अनुसन्धान गर्न दिएकोमा विभागले निक्कै फितलो मात्रै अनुसन्धान गर्न सक्यो ।

घिमिरेकै समयमा सरकारले १ वर्षभित्र राजस्व अनुन्धान विभाग नै खारेज गर्ने निर्णय गरेको छ । यस्तै, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ खारेज गर्ने उनकै पालामा भयो । उनी महानिर्देशक बनेपछि अधिकांस समय व्यवसायीहरुलाई धम्याउने थुन्ने मात्रै काम भएको व्यवसायीहरुको आरोप छ ।

अर्बौ करछलिमा परेको नेपालमा विद्युतिय गाडी बिक्री गर्ने साइमेक्स इंक प्रालीको अनुसन्धान १० महिना रोकेर राखे । विद्युतिय गाडीमा भएको कर छलिमा छापा मारेर अनुसन्धान अघ नबढाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी समेत दर्ता भएको छ ।

स्रोतका अनुसार उनी सेवा निवृत्त भएपछि अतियारको आयुक्त बन्ने भन्दै लबिङ अघि बढाएका छन् ।

यस्ता छन् घिमिरेका विवादित काम

‘२० कुन्टल तोरी छुटाउन राजस्व अनुसन्धान विभागलाई ३० लाख रुपैयाँ घुस’

‘राजस्व अनुसन्धान विभागले प्रधानमन्त्रीको नाम लिएर करोडौं पैसा उठाइरहेको छ’-राजेन्द्र लिङदेन

कर तिर्छु भन्दा पनि राजस्व अनुसन्धानको स्टार्ट अप कम्पनीमाथि ह्यारेस्मेन्ट, कुरा नमिलेपछि कर्मचारी थुनेर बार्गेनिङ..

रिटायर्ड हुनु २ महिनाअघि महानिर्देशक चण्डी घिमिरेको बीवाईडीसँग सम्झौता, ‘अर्बाैं कर छलीको अनुसन्धान नगर्ने’

भ्रष्टाचार आरोपमा महानिर्देशकहरु महेश भट्टराई, चण्डी घिमिरे सहित १३ जना विरुद्ध अख्तियारमा उजुरी

इतिहासकै कमजोर महानिर्देशक बने चण्डी घिमिरे, जसको कार्यशैलीले विभाग नै खारेजीमा पर्यो

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE