Shikhar Insurance
National Life

३ करोड ६३ लाख लगानीमा ठेक्का सम्झौता भएको भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १७:११
Hyundai
NCELL
NIMB

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो ।

बडिगाड गाउँपालिकाको पहलमा सङ्घीय सरकारको ३ करोड ६३ लाखमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधा सम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छ वर्षअघि स्थानीयले चन्दा सङ्कलन गरी रु १५ लाख लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो । इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताए ।

३ करोड ६३ लाख लागतमा सुनामी/एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्