काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । जुन गत वर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी हो । मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यसको पुर्ननिर्माणको लागि १९ अर्ब स्रोत सहमति पाएको समेत बताए ।
बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दु:ख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्