Skip to content
Shikhar Insurance
National Life

सिक्रेटारमा १० लाख खर्चेर बालउद्यान निर्माण

Hyundai
NCELL
NIMB

भोजपुर । बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ ।

वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो ।

बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उनले बताए ।

स्थानीय खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताए । उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्