काठमाडौं । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले २०८३ को मंसिर मसान्तसम्म काँग्रेसको अधिवेशन हुन नसके नेपाली काँग्रेस कमजोर बन्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । उनले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने जानकारी दिए । उनले सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे ।
सांसद कोईरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गर्नुभयो । देश विकासका लागि नेपाली काँग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्