Shikhar Insurance
National Life

सरकार ढल्ने हल्लाकाबिच काँग्रेस नेता प्रकाश शरण महत नयाँ दिल्लीमा

सिंहदरबार संवाददाता
२०८१ माघ ६, आईतवार २१:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा सरकार ढल्ने हल्लाकाबिच पुर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली पुगेका छन् । भारतले अहिलेको सरकारलाई नरुचाहेको हल्लाकाबिच प्रवक्ता महतले भारत भ्रमण गरेका हुन् ।

अहिले नेपाली काँग्रेसलाई सरकार परिवर्तन गर्न चर्को दबाब छ । यद्यपी नेपाली काँग्रेका सभापति शेर बहादुर देउवा सरकार बदल्न उपयुक्त कारणको खोजीमा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतको नयाँ दिल्ली पुगेर महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीका ठूलो भूमिका रहेको बताएका छन् । आइतबार (माघ ६ गते) नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बिपि विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया,प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले भने -‘भारतमा रहेका प्रवासी नेपालीहरुले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरुले आगामी दिन खेल्ने भूमिका प्रशंसनिय हुने विश्वास लिएको छु ।’

सो अवसरमा डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा व्यक्तिवादी सोच र आफु केन्द्रीत प्रवृत्ति हावि हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे । प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका विचमा समस्याहरु आउनु स्वभाविक हो, ती समस्याहरुको समाधान कुटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नु पर्छ। ’

के माघ १५ अघि नै ओली सरकार ढल्दैछ ? तात्यो राजनीतिक सरगर्मी

कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले कांग्रेस गठबन्धन बनेको बताएका छन् । सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा जोड दिदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा पनि बताएका छन् ।

भारतमा रहँदा नेता महतले राजनितिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । लामो समय संसद रोकेर एकै पटक अध्यदेशबाट कानुनहरु संशोधन गरेपछि काँग्रेसले ढिला गरि मात्रै सहमतिमै अध्यदेश ल्याएको बताएको थियो । भुमि आयोग सम्बन्धि अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकिदिएपछि अध्यदेशमा काँग्रेसको विमति रहेको खुल्न आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्