काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् । आइतबार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपयले काँग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै काँग्रेसले समाजवाद नबिर्सिएको बताए । उनले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गरे । उनले कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।
सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली काँग्रेसले बढाइराखेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्