Shikhar Insurance
National Life

नेपाल उद्योग परिसंघले चैत ३ गते वुमन लिडरसिप समिट २०२५ गर्दै

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २७, मंगलवार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले चैत्र ३ गते काठमाडौंमा वुमन लिडरसिप समिट २०२५ सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिसंघले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले परिसंघले दोस्रो अन्तर्राष्ट्रिय स्तरको वुमन लिडरसिप समिट २०२५ आयोजना गर्न लागेको बताए । उनले काठमाडौंमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मेलनमा प्रविधि र इनोभेसन वुमेन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेष्टिङ इन वुमेन, बीवेण्ड बाउण्ड्रिङ विषयमा सत्रगत रुपमा छलफल हुने बताए । उनले महिला नेतृत्व शिखर सम्मेलनले परिर्वतन प्रेरित महिला, नेतृत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई एउटै थलोमा ल्याउने बताए । प्रदर्शनीमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत हुने जानकारी दिए ।

सम्मेलनमा करिव ५ सय महिलाको सहभागिता रहने पनि अध्यक्ष अग्रवालको भनाइ छ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरुमा केन्द्रित हुने र यसले महिलाहरुलाई प्रेरित गर्ने विश्वास परिसंघको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरु सहभागी हुने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्