Skip to content
Shikhar Insurance
National Life

फुल अडिटको नाममा करदातामाथि अन्याय गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी, सहसचिव १२ र उपसचिवले ६ करोड असुल्ने आरोप

Hyundai
NCELL
NIMB

काठमाडौं । पुर्ण कर परिक्षण (फुल अडिट)को नाममा करदातामाथि अन्याय भएको भन्दै चार्टर्ड एकाउन्टेनहरुले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका छन् ।

आन्तरिक राजस्व कार्यालयहरुमा वर्षेनी अर्बौ रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी दर्ता भएको हो । उजुरीकर्ताले आफू सिए भएको र लेखापरिक्षण पेशामा कार्यरत भएको उजुरीमा खुलाएका छन् । प्रधानमन्त्री कार्यालयमा २०८१ चैत २८ गते ती उजुरीकर्ताले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्राचार गरेका थिए ।

प्रधामन्त्री कार्यालयले सो पत्र २०८२ बैशाख १२ गते दर्ता गर्दै २०८२ बैशाख २९ गते आवश्यक कारबाहि गर्न भन्दै आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । उजुरीमा सबैभन्दा धेरै भ्रष्टाचार ठूला करदाता कार्यालय र मध्यमस्तरिय करदाता कार्यालयमा हुने गरेको उल्लेख छ । उजुरीकर्ताले ठूला करदाता कार्यालयका सहसचिवले वार्षिक १२ करोड, उपसचिवलाई ६ करोड र एक कर अधिकृतका लागि ४ करोड घुस रकम लिने गरेको आरोप छ । ठूला करदाता कार्यालयमा १ सहसचिव १० जना उपसचिव र २५ जना अधिकृतले पैसा लिने गरेको उजुरीमा आरोप छ ।

यसरी वार्षिक १ अर्ब ७२ करोड रुपैयाँ ठूला करदाता कार्यालयमा मात्रै भ्रष्टाचार हुने गरेको हिसाब सिएहरुले प्रधानमन्त्रीलाई बुझाएका छन् । उजुरीकर्ताले भनेका छन्, ‘आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरुमा चरम भ्रष्टाचार छ । फूल अडिटको नाममा व्यक्ति मात्रै मोटाउने र राज्य सरकार दुब्लाउने अवस्था छ । फूल अडिटको नाममा जे जस्तो काम पनि गर्ने र पैसा मात्रै असुल्ने प्रवृत्तिले व्यापार व्यवसायीलाई हैरान पुर्याएको छ । सबैभन्दा वढी भ्रष्टाचार ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा छ । आन्तरिक राजस्व कार्यालय कलंकी, आन्तरिक राजस्व कार्यालय महाराजगंज, आन्तरिक राजस्व कार्यालय न्यूरोड, आन्तरिक राजस्व कार्यालय पुतलीसडक, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर, आन्तरिक राजस्व कार्यालय बानेश्वर, कालिमाटी चरम भ्रष्टाचार हुने कर कार्यालय हुन । तुरुन्तै सुधार नहुने हो भने ठूलो आँधीवेहेरी आउँदै छ ।’

सही व्यापार व्यवसाय गर्ने बाट पनि फूल अडिटको नाममा पैसा असुल्ने प्रवृत्तिले व्यापार व्यवसायीले कर छल्ने पर्ने परिस्थिती सिर्जना भएको उजुरीकर्ताको भनाई छ । ती उजुरीकर्ताले थपेका छन्, ‘एक वर्षमै ठूला करदाताको सहसचिवले १२ करोड, १ जना उपसचिवले मात्रै ६ करोड र अधिकृतले ४ करोड (ठूला करदातामा मात्रै १० उपसचिव र २५ अधिकृत) लैजाने गर्दछन ।’

कर प्रशासनमा आफू अनुकुल काम नहुने भएपछि राज्यको विभिन्न निकायमा उजुरी गर्ने गरेको आन्तरिक राजस्व विभागमा महानिर्देशक मदन दाहालले बताए । महानिर्देशक दाहालले सिंहदरबारसँग भने, “राष्ट्रिय सतर्कता, प्रधानमन्त्री कार्यालय, अख्तियार, विभागहरुमा उजुरी आइरहेका हुन्छन्, हामीले तथ्यसहितको उजुरीमाथि कारबाहि गर्ने गरेका छौं, तथ्यहिन उजुरीको त पछि लाग्ने कुरा भएन ।”

विभाग स्रोतका अनुसार केहि महिनाअघि आन्तरिक राजस्व कार्यालय कलंकीका प्रमुख कर अधिकृत विरुद्ध विभागमा तथ्य सहित उजुरी परेपछि विभागले विभागिय कारबाहि गरेको थियो ।

यस्तो छ उजुरी

मिति : २०८१।१२।२८
निजी सचिवालय
बालुवाटार, काठमाडौं
विषय : यथाशीघ्र आवश्यक कारबाही सम्वन्धमा ।

प्रस्तुत विषयमा आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरुमा चरम भ्रष्टाचार छ । फूल अडिटको नाममा व्यक्ति मात्रै मोटाउने र राज्य सरकार दुब्लाउने अवस्था छ । फूल अडिटको नाममा जे जस्तो काम पनि गर्ने र पैसा मात्रै असुल्ने प्रवृत्तिले व्यापार व्यवसायीलाई हैरान पुर्याएको छ । सवैभन्दा वढी भ्रष्टाचार ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा छ । आन्तरिक राजस्व कार्यालय कलंकी, आन्तरिक राजस्व कार्यालय महाराजगंज, आन्तरिक राजस्व कार्यालय न्यूरोड, आन्तरिक राजस्व कार्यालय पुतलीसडक, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर, आन्तरिक राजस्व कार्यालय बानेश्वर, कालिमाटी चरम भ्रष्टाचार हुने कर कार्यालय हुन । तुरुन्तै सुधार नहुने हो भने ठूलो आँधीवेहेरी आउँदै छ । सही व्यापार व्यवसाय गर्ने बाट पनि फूल अडिटको नाममा पैसा असुल्ने प्रवृत्तिले व्यापार व्यवसायीले कर छल्ने पर्ने परिस्थिती सिर्जना भएको छ । एक वर्षमै ठूला करदाताको सहसचिवले १२ करोड, १ जना उपसचिवले मात्रै ६ करोड र अधिकृतले ४ करोड (ठूला करदातामा मात्रै १० उपसचिव र २५ अधिकृत) लैजाने गर्दछन । आन्तरिक राजस्व कार्यालय कलंकीमा एक जना सविना ज्ञवाली नामको कर अधिकृत ज्याद्री छ । उसलाई अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले किन जोगाईरहेको हो, थाहा छैन । आन्तरिक राजस्व कार्यालय महाराजगंजको चिफ घूसले मातिएर चरम अनैतिक छ, त्यहाँको सम्पूर्ण टिम नै महाभ्रष्ट छ । विकृति र विसंगतिले अहिले व्यापार व्यवसायी एकतावध्द हुँदै चरम असन्तुष्टि लाई भूसको आगो जस्तै सल्काउँदै छन । फूल अडिटको नाममा सरकारलाई जाने कर घट्ने र चरम भ्रष्टाचार वढ्ने भईरहेको छ । यथाशीघ्र अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभाग वाट तुरुन्तै समाधान गराउनुहोला । हजुरको शुभेच्छुकको हैसियतले जानकारी मात्रै गराएका हौं। यस्तो चरम भ्रष्ट वातावरणमा भ्रष्ट कर्मचारीहरुको दलाली भईदिएर मात्रै वसिदिनुपर्ने, व्यवसायिक वन्न नमिल्ने भएर नै सिए र एसिसिए हरुको ठूलो समूह विदेश पलायन हुँदैछौं ।

सिए र एसिसिए साथीहरु

GBIME

प्रतिक्रिया दिनुहोस्