Skip to content
Shikhar Insurance
National Life

भ्रष्टाचार आरोपमा महानिर्देशकहरु महेश भट्टराई, चण्डी घिमिरे सहित १३ जना विरुद्ध अख्तियारमा उजुरी

Hyundai
NCELL
NIMB

काठमाडौं । भ्रष्टाचारको आरोपमा १३ जना निजामति कर्मचारीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । विद्युतिय गाडीमा किलोवाट छलि गर्न मिलेमतो गरेको भन्दै १३ जना विरुद्ध उजुरी दर्ता भएको हो ।

शुक्रबार (जेठ ३० गते) आयोगमा मुद्दा नम्बर c-075429/2082-02-30 मा उजुरी दर्ता भएको हो । उजुरीकर्ताले केहि वर्षदेखि अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग र राजस्व अनुसन्धान विभागको मिलेमतोमा विद्युतिय गाडीमा भन्सार छलि भैरहेको आरोप लगाएका छन् ।

उजुरीकर्ताले भन्सार विभागका महानिर्देशक महेश भट्टराई, पुर्व महानिर्देशकहरु हरिशरण पुडासैनी, ढुण्डी प्रसाद निरौला, शोभाकान्त पौडेल, चक्र बहादुर बुढा विरुद्ध अनुसन्धान गर्न भनेको छ । यस्तै, राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे,  पुर्व‍ महानिर्देशक चक्र बहादुर बुढा विरुद्ध अनुसन्धान गर्न भनेको छ । यसैगरी, रामप्रसाद पाठक, पुर्व प्रमुख भन्सार अधिकृत, रसुवा भन्सार कार्यालय, दयानन्द केसी, पुर्व प्रमुख भन्सार अधिकृत, तातोपानी भन्सार कार्यालय, कमलप्रसाद भट्टराई, पुर्व प्रमुख भन्सार अधिकृत, रसुवा भन्सार कार्यालय, राजेन्द्र प्रसाद चुडाल, प्रमुख भन्सार अधिकृत, तातोपानी भन्सार कार्यालय, जनकराज शर्मा, उपमहानिर्देशक भन्सार विभाग, रमेश अर्याल, पुर्व उपमहानिर्देशक भन्सार विभाग र तुलसी प्रसाद भट्टराई, प्रमुख भन्सार अधृकत रसुवा भन्सार कार्यालय विरुद्ध अनुसन्धान गर्न भनेको छ ।

उजुरीमा विद्युतिय गाडीहरुले भन्सार छलि गरेको केहि प्रमाणहरु पेश गरेको दाबी गरेको छ । उजुरी अनुसार भन्सार विभागले इभी गाडीमा छलि भएको राजस्व असुल गर्न भन्सार विभागले गरेको परिपत्र,  गाडीका स्पेशिफिकेशनहरु, नेपालमा बिक्री भएका इभी गाडीको स्पेशिफिकेशन र उत्पादक राष्ट्रको स्पेशिफिकेशनको प्रमाणहरु पेश भएको छ ।

विद्युतिय गाडीमा भन्सार छलि भएको भन्दै महालेखा परिक्षकको कार्यालयले ६२ औं प्रतिवेदनमा समेत बेरुजू लेखिसकेको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०८०/०८१ मा तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट मात्रै ३ अर्ब ७२ करोड राजस्व छलि भएको उल्लेख छ । महालेखाले बेरुजू लेखेपनि भन्सार विभागले राजस्व असुल गर्न कुनै अग्रसरता नदेखाएपछि उजुरी दिन बाध्य भएको उजुरीकर्ताको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्