Skip to content
Shikhar Insurance
National Life

भाटभटेनी स्टोरमा लुटपाट विरुद्ध खटिने कर्मचारीलाई कम्पनीले सम्मान गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरले १५ गते अराजक राजावादीहरुको लुटेरासँग भिड्ने कर्मचारीलाई सम्मान गर्ने भएको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरेर कर्मचारीहरुलाई सम्मान गर्न लागेको हो ।

शुक्रबार राजावादीको आन्दोलनले उग्र रुप लिएपछि स्टोर बन्द गरेको थियो । तर राजावादी समर्थकका लुटेराहरुले सुपरमार्केट भवन नै तोडफोड गरी सामाग्रीहरु लुटपाट गर्न थालेपछि सुरक्षा गार्ड तथा अन्य कर्मचारीहरुले प्रतिवाद गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भाटभटेनीका सुरक्षा गार्डले लुटेराहरुलाई लखेटिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अराजक भिडहरुसँग पनि नडराई आफ्नो कर्तव्य पुरा गर्ने कर्मचारीहरुलाई सम्मान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सिओओ) पानु पौडेलले जानकारी दिए ।

सिओओ पौडेलले भने, “अनियन्त्रित भिडले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा तोडफोड र लुटपाट गरिरहेको समयमा आफ्नो कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिनुभएका कर्मचारी तथा व्यापार व्यवसायलाई निरन्तरता दिन रातभर मर्मत सम्भारको कार्यमा खटिनुभएका कर्मचारीहरुलाई सम्मान गर्न लागेका हौं ।”

चैत १५ गते भएको राजावादीहरुको आन्दोलनमा उत्तेजित हुँदै लुटेराहरुले भाटभटेनी तोडफोड गर्दै विभिन्न सामानहरु लुटपाट गर्नुको साथै भवनमा क्षति पुर्याएका थिए । लुटपाटबाट भाटभटेनीको कुल ८० लाख ३३ हजार १९२ रुपैयाँ बजारको क्षति भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्