काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ मा पुगेको हो ।
आइतबार ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ कारोबार भएको छ ।
आइतबार सेयर बजारमा हरियाली छाएपनि एक कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेकोे छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२० प्रतिशत, सेन्चुरी डिभेन्चरको ७.७५ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ५.८५ प्रतिशत सहित ६२ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्