Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोड, नबिल, एनआइएमबी र ग्लोबल टप थ्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा ४१ अर्ब बढी नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार २० वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधीमा बाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड ३० लाख अर्थात १.४ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०८१ चैत मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नविल बैंक रहेको छ । बैंकले सो अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएर पहिलो नम्बरमा पुगेको छ । गत आव सो अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, नेपाल इन्भेष्मेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा परगेको छ । बैंकले गत आवमा ३ अर्ब २७ करोड बढी नाफा कमाएको छ ।

तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले सो अवधिमा ४ अर्ब ५३ करोड बढी नाफा कमाएको छ । बैंकले गत आव सो अवधिमा भने ३ अर्ब ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

एनआईसी एशिया बैंकको नाफा १५ करोड ६७ लाख रहेको छ भने कृषि विकास बैंक १ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ खुद नाफा रहेको छ ।

तेस्रो त्रैमासिक अवधीमा प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सो अवधिमा एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा नेपाल बैंकले २ अर्ब ७८ करोड रुपैयाँ कमाएको छ ।

११ वटा बैंकले तेस्रो त्रैमासिकमा आफ्नो नाफा वृद्धि गर्दा ९ वटा बाणिज्य बैंकहरुको नाफा भने घटेको देखिन्छ ।

कुन बैंकले कति कमायो ?

GBIME

प्रतिक्रिया दिनुहोस्