Shikhar Insurance
National Life

७ महिनामा वाणिज्य बैंकको नाफा ३६ अर्ब २२ करोड, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २५, आईतवार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको सात महिनामा २० वाणिज्य बैंकहरूले ३६ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले ७ महिनामा ३६ अर्ब २२ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

७ महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले माघ मसान्तसम्ममा ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ७ महिनामा ३ अर्ब ८९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, चालु आवको ७ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ नाफा गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैयाँ नाफा गरेका छन् भने माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, कृषि विकास बैंकले ९५ करोड ७५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्