Skip to content
Shikhar Insurance
National Life

सुन खरिदमा वाणिज्य बैंकको एकाधिकार तोडियो, गहना निर्यात उद्योगले सिधैं आयात गर्न सक्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सुन खरिदमा वाणिज्य बैंकहरुको एकाधिकार तोडिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत निर्यात उद्योगले सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

बजेट बक्तव्यमा भनिएको छ, ‘सुन चादीको गहना निर्यात गर्ने उद्योगलाई बण्डेड वेयर हाउस सुविधा प्रदान गरिनेछ, सुन चाँदीको गहना विदेश निर्यात गर्ने उद्योगले निर्यात गरी प्राप्त गर्ने ५० प्रतिशत विदेशी मुद्राको सुन चादी आयात गर्न दिइनेछ ।’ भनि उल्लेख छ ।

अब विदेशमा सुन चाँदीका ‍गहना निर्यात गर्ने उद्योगले निर्यात मूल्यको ५० प्रतिशत रकमले सुन खरिद गर्न पाउने भएको छ । अहिले सरकारले सुनको कारोबार वाणिज्य बैंकहरुलाई दिएको छ । वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले हाल दैनिक २० किलो सुन खरिदको पनुमति दिएको छ ।

सरकारले नयाँ व्यवस्था गर्दै उद्योगलाई नै सुन खरिद गर्ने अनुमति दिने भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्