काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वाणिज्य बैंकहरुले ४७ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले आज (बिहिबार) सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले बैशाख मसान्तसम्ममा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार तीन बैंकहरुले १० महिनामा ५ अर्ब भन्दा बढी नाफा आर्जन गर्न सफल भएका छन् । नबिल बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ५ अर्ब भन्दा बढी नाफा कमाउँने टप टेनभित्र पर्न सफल भएका हुन् ।
१० महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा पहिलो नम्बरमा नबिल बैंक पर्न सफल भएको छ । बैंकले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले १० महिनामा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) ले ५ अर्ब २ करोड रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
त्यसैगरी, समिक्षा अवधिमा एभरेष्ट बैंकले ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
चालु आवको बैशाख मसान्तसम्ममा स्टान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब १ करोड ११ लाख रुपैयाँ, प्रभु बैंकको २ अर्ब १४ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ ।
१० महिनामा एनआइसी एशिया बैंकले ४७ करोड ८७ ख रुपैयाँ माच्छापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ८७ करोेड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्