Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकहरूबाट ८ महिनामा ९६ अर्ब ३९ करोड सेयर धितो कर्जा प्रवाह, कुनले कति दिए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह बढ्दै गएको छ । बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने ठुला लगानीकर्ताहरु बढेसँग बैंकहरुको सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो ।

चालु आवको ८ महिनामा वाणिज्य बैंकहरूबाट ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । चालु आवको आठ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । समिक्षा अवधिमा बैंकले १३ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक परेको छ । फागुन मसान्तसम्म बैंकबाट कुल ११ अर्ब १६ करोड ५६ लाख रुपैयाँ सेयर धितो कर्ता प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो नम्बरमा कुमारी बैंक रहेको छ, जसबाट सेयर धितो कर्जामा ८ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ प्रवाह भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकबाट ८ अर्ब ३२ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ७ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ र सिटिजन्स बैंकबाट ६ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ७७ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९एनआइएमबी० ले ३ अर्ब ५ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, आठ महिनामा एभरेष्ट बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, एनआईसी एशिया बैंकबाट २ अर्ब ४९ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकबाट २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ, कृषि विकास बैंकबाट २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ र हिमालयन बैंकबाट २ अर्ब २ करोड ४२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एनएमबी बैंकले १ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड ७७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४७ करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्