काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह बढ्दै गएको छ । चालु आवको ७ महिनामा वाणिज्य बैंकहरूबाट ९३ अर्ब २२ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
चालु आवको ७ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले सातट महिनामा १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।त्यसैगरी, सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक परेको छ । माघ मसान्तसम्म बैंकबाट कुल ११ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ सेयर धितो कर्ता प्रवाह भएको छ ।
सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो नम्बरमा कुमारी बैंक गरेको छ, जसबाट सेयर धितो कर्जामा ८ अर्ब ६४ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । त्यस्तै, सिद्धार्थ बैंकबाट ८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ६ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ र सिटिजन्स बैंकबाट ६ अर्ब १५ करोड २१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब १० करोड ७३ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले २ अर्ब ९५ करोड १३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, एभरेष्ट बैंकबाट २ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकबाट २ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ, सानिमा बैंकबाट २ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ, कृषि विकास बैंकबाट २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ र हिमालयन बैंकबाट १ अर्ब ९० करोड ७२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, एनएमबी बैंकले १ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४७ करोड २६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्