Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नाघ्यो, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १३:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ८ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब रुपैयाँ बढी पुगेको छ । नेपाल बैंकर्स संघ (एनबीए) ले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनसम्म बैंकहरुको निक्षेप ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा बैंकहरुले ४८ खर्ब ५० अर्ब ऋण लगानी गरेका छन् भने निक्षेप र कर्जाको अनुपात (सिडी रेसियो) ७९.२९ प्रतिशत पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको ८ महिनामा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले फागुनसम्म ५ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेको छ भने बैंकको कर्जा प्रवाह ४ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ ।

दोस्रो सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले ५ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको ८ महिनामा ४ खर्ब ५२ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ, कुमारी बैंकले ३ खर्ब ५६ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ, प्रभु बैंकले ३ खर्ब १२ अर्ब रुपैयाँ, नेपाल बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यसैगरी, एनआइसी एशिया बैंकले २ खर्ब रुपैयाँ ९८ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको २ खर्ब ६७ अर्ब रुपैयाँ, एनएमबी बैंकले २ खर्ब ६६ अर्ब रुपैयाँ, कृषि विकास बैंकको २ खर्ब ५३ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ खर्ब ४२ अर्ब रुपैयाँ, सानिमा बैंकको २ खर्ब १५ अर्ब रुपैयाँ, सिटिजन्स बैंकले २ खर्ब १ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने माछापुच्छ्रे्र बैंकले १ खर्ब ६८ अर्ब रुपेयाँ र स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको तथ्यांकले देखाएको छ ।

सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा

नेपाल बैंकर्स संघ (एनबीए) ले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनामा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको छ । बैंकले फागुनसम्म ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, नेपाल इनभेष्टमेन्ट बैंकले ३ खर्ब ५१ अर्ब रुपैयाँ, कुमारी बैंकले ३ खर्ब १ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ खर्ब ८४ अर्ब रुपैयाँ, एनआइसी एशिया बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले २ खर्ब ५१ अर्ब रुपैयाँ, प्रभु बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ, एनएमबी बैंकले २ खर्ब ३३ अर्ब रुपैयाँ, नेपाल बैंकले २ खर्ब २५ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले २ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी, चालु आवको ८ महिनामा सिद्धार्थ बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ, कृषि विकास बैंकले २ खर्ब ८ अर्ब रुपैयाँ, सिटिजन्स बैंकले १ खर्ब ६९ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ, सानिमा बैंकले १ खर्ब ७९ अर्ब रुपैयाँ र स्टान्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७९.२९ प्रतिशत रहेको छ ।

संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत, नेपाल बैंकको ७२.७८ प्रतिशत, नेपाल एसबिआई बैंकको ७६.०७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७६.७६ प्रतिशत, प्रभु बैंकको ७४.९७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७७.९५ प्रतिशत र कृषि विकास बैंकको ७६.९९ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

यस्तै, सिटिजन्स बैंकको ८४.३२ प्रतिशत, एभरेष्ट बैंकको ८३.५२ प्रतिशत, हिमालयन बैंकको ८२.२० प्रतिशत, कुमारी बैंकको ८२.५८ प्रतिशत, लक्ष्मी सनराइजको ८१.०५ प्रतिशत, माछापुच्छ्रे बैंकको ८५.६५ प्रतिशत, नबिलको ८२.३४ प्रतिशत, एनआईसी एसियाको ८३.७१ प्रतिशत, एनएमबि बैंकको ८३.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८४.९९ प्रतिशत, सानिमा बैंकको ८०.६५ प्रतिशत र सिद्धार्थको ८३.६५ प्रतिशत सीडी रेसियो रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्