काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बैशाख ११ गते १० कम्पनीमाथि अनुगमन गरेको छ । विभागले विभिन्न कम्पनीहरुलाई कागजात सहित उपस्थित हुन समय दिएको छ ।
देशको सबैभन्दा धेरै कारोबार गर्ने होङसी शिवम सिमेन्ट प्रालीलाई तीनदिनभित्र कागजात लिएर उपस्थित हुन् विभागले निर्देशन दिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार काम नगरेको भन्दै शिवम सिमेन्टलाई कागजात लिएर उपस्थित हुन भनेको हो ।
विभागले प्रिमियर ओभरसिपज पालीलाई २ लाख ५० हजार जरिवाना तोकेको छ । विएसजी नेपाल प्रालीलाई बस्तुहरुको बिक्री वितरण रोक्का गरी तीन दिन भित्र विभाग उपस्थित हुन आग्रह गरेको छ ।
यसैगरी, मित्तल ओभरसिज प्राली, प्रिमियर वायर्स प्राली, प्राइम केबल प्राली लगायत कम्पनीलाई कागजात लिएर उपस्थित हुन विभागले समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस्