काठमाडौं । अल्फा अटोमोटिभ प्रा.लि. हास्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई फेस अफ रोयल इनफिल्डका रुपमा नियुक्त गरेको छ।
सन्दीप क्षेत्री विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रका माध्यमबाट जनमानसको मन जित्न सफल एक व्यक्तित्व हुन् ।
उनको जीवनशैली, दृष्टिकोण र कार्यशैलीले स्वतन्त्रता, साहसिकता तथा आत्म विश्वास जस्ता गुणहरू अभिव्यक्त गर्छन ।
उनको सादगीपूर्ण व्यक्तित्व, व्यापक लोकप्रियता तथा मोटरसाइकलप्रतिको गहिरो रुचिले उनलाई यस महत्त्वपूर्ण भूमिकाको लागि सर्वथा उपयुक्त बनाएको छ ।
रोयल इनफिल्ड नेपालले यो सहकार्यलाई केवल व्यवसायिक साझेदारीको रूपमा मात्रै नभई, एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेरेको छ ।
कलाकार क्षेत्री र कम्पनीबिचको सम्झौताले नेपाली मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वास कम्पनीले लिएको छ ।
रोयल इनफिल्डले आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवं कर्तव्य पालना गरिरहेको छ ।
सन्दीप क्षेत्री मार्फत रोयल इनफिल्डको परम्परा, शैली र भावना, आम नेपाली जनसमूदाय सम्म थप प्रभावकारी ढंगले प्रवाह हुनेछ भनि कम्पनीले अपेक्षा गरेको छ ।
कम्पनीले भनेको छ, ‘मोटरसाइकललाई केवल यातायातको साधन मात्र नभई आत्म–अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने हाम्रो दृष्टिकोण यस सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुनेछ । रोयल इनफिल्ड नेपालको तर्फबाट हामी सन्दीप क्षेत्रीलाई हार्दिक स्वागत गर्दै, उहाँसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने विश्वास व्यक्त गर्दछौं ।’
पछिल्लो समय नेपालको सडक सुहाउदो प्रोडक्ट लन्च गरेसँगै रोयल इनफिल्ड युवाहरु माझ थप लोकप्रिय बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्