काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको स्पष्ट पारेका छन् । शुक्रबाबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बर्ताएका हुन् ।
उनले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको भन्दै यो अब अहिलेको समयको सबैभन्दा ठूलो चुनौति बनेको उल्लेख गरे । पृथ्वी, जनता, समृद्धिमा यसले ठूलो प्रभाव पार्ने बताए । जलवायु परिवर्तनबाट कुनैपनि समाज पूर्ण रुपमा असुरक्षित नरहेको बताउँदै जलवायु परिवर्तनको असरमा नेपालको भुमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको जनाए ।
प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ-हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन । तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । यो संकट ल्याउनमा हाम्रो खासै भुमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं । हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं । हाम्रा उत्सर्जनहरू न्युन छन् । लगभग नगण्य छन् । तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् । हाम्रा हिमालय-पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् ।’
प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भुमिका उल्लेख्य रहेको भएपनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्