काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको सिटिजन्स सदाबार योजनाको इकाइ निष्कासन गरेको छ । सार १३ गतेदेखि आषाढ १७ (बैंकिङ्ग समय सम्म) योजनाको इकाई निष्कासन खुल्ला रहने कम्पनीले जानकारी दिएको हो ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट रकम ५० करोडको एसआइपी समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना संचालन अनुमति प्राप्त गरेको हो ।
उक्त समय सम्ममा सम्पूर्ण इकाई बिक्रि नभएको अवस्थामा ०८२ आषाढ २७ गते बैंकिङ्ग समय सम्म इकाई बिक्रिका लागि खुला रहनेछ । सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५ लाख इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । साथै, यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात नियमक निकायहरुको नियमानुसार तथा स्वीकृति लिई एसआईपीमार्फत थप इकाईहरु निष्काशनको व्यवस्था समेत मिलाइनेछ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित अन्य योजनाहरुमध्ये प्रति इकाई अंकित मूल्य १० रुपैयाँको ८ करोड २० लाख इकाइहरु रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ बर्षे बन्दमुखी योजना परिपक्व भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्