Skip to content
Shikhar Insurance
National Life

नागरिक लगानी कोषको खुद नाफा ८९ करोड ९० लाख, यस्ता छन् अन्य सूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी २४ करोड १ लाख रुपैयाँ, सेवा शुल्क तथा कमिशन आम्दानी १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ रहेको छ । ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ ।

त्यस्तै, कम्पनीको ईपीएस १८ रुपैयाँ ४९ पैसा, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको र पीइ रेसियो १०५.१४ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्