काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले ग्राहकहरुका लागि आकर्षक ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ७ वर्ष अवधिको लागि स्थिर रहने गरी ७.९९ प्रतिशत ब्याजदरको घरजग्गा कर्जा योजना ल्याएको हो ।
अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा अधिकतम किस्ता अवधि २५ वर्षसम्म चुक्ता गर्न पाइनेछ । कर्जा हिस्सा धितो सुरक्षणको मूल्यको अधिकतम ५० प्रतिशतसम्म हुने बैंकले जनाएको छ ।
बैंकले आवासका लागि जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरीद, मर्मत सम्भार तथा विस्तार तथा रिफाईनान्स समेतका लागी विभिन्न प्रकृतिका घर कर्जा उपलब्ध गराउँदै आएको छ । उक्त घर कर्जा प्राप्त गर्नका लागि नियमित आयस्रोत भएको जागिर वा स्वरोजगार नेपाली नागरिक हुनु पर्ने बैंकले जनाएको छ ।
त्यस्तै, ७.९९ प्रतिशत घर कर्जा प्राप्त गर्न धितो राखिने घर/जग्गासम्म मोटरबाटो पहुँच भएको हुनुपर्नेछ । स्वरोजगार व्यक्तिहरुको हकमा, व्यापार/व्यवसाय कम्तिमा २ वर्षदेखि सञ्चालनमा रहेको र आवेदकको न्यूनतम उमेर १८ वर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६५ वर्ष ननाघेको हुनु पर्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार आवेदक वा निजको सगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य हुने छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकले चालु आवको पुस मसान्तसम्ममा सिटिजन्स बैंकले १० अर्ब ३५ करोड ६८ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा लगानी गरेको छ । बैंकले देशभरको शाखाहरुबाट घरजग्गा कर्जा लिन सकिने जनाएको छ ।
बैंकले हालैमात्र ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ । बैंकलाई बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका द बैंकरले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको थियो ।
द बैंकरले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजंङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीइओ) गणेशराज पोखरललाई प्रदान गरेको थियो ।
बैंकको हालसम्म १९८ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्