Skip to content
Shikhar Insurance
National Life

डिजिटल बैंकिङमा सिटिजन्स बैंकको फड्को, मोबाइलबाटै आईपीओ एफपीओ भर्न ल्यायो ‘माई–आस्बा’

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सी–आस्बा तथा सीआरएनको सुविधा प्रदान गर्नेगरी ‘माई–आस्बा’ सुविधा ल्याएको छ ।

बैंकले ग्राहकहरुलाई धितोपत्र कारोबारका लागि थप सहज गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ एपबाटै सी–आस्बा र सिआरएन नम्बरका लागि आवेदन दिन सकिने र पाउन सकिने व्यवस्था मिलाएको हो ।

डिम्याट तथा सी–आस्बा विभाग प्रमुख रोजिना तिवारीले सिंहदरबार डटकमसँग भने, “माई–आस्बा मोबाइल एपमा सेयर एप्लिकेसन भर्नको लागि युज हुने फिचर हो । यसमा ग्राहकले मोबाइल बैंकिङको प्रयोगबाट नै आइपीओ/एफपीओ भर्न (आवेदन दिन) सक्छन् । ग्राहकको सीआरएन नम्बर रजिष्टर भएको छैन रहेछ भने पनि हाम्रो मोबाइल बैंकिङ एपबाट नै बैंक भिजिट नगरिकन सीआरएन नम्बर पनि रजिष्टर गर्न सकिन्छ । आइपीओ पनि यसैबाट भर्न सकिन्छ।”

ग्राहकहरुले माई–आस्बा प्रयोग गर्नको लागि सिटिजन्स बैंकमा खाता र मोबाइल बैंकिङ लिएको हुनु पर्नेछ । तर ग्राहकको डिम्याट खाता भने जहाँ भएपनि फरक नपर्ने उनको भनाइ छ ।

विभाग प्रमुख तिवारीले यो फिचर प्रयोग गर्नको लागि ग्राहकहरुलाई कुनै शुल्क नलाग्ने जानकारी दिदैँ उनले थपिन्, “यसबाट ग्राहकहरुले बैंकका कुनै पनि शाखामा नगइकन कम्पनीको सेयर बाँडफाँडको रिजल्ट, आवेदकलाई पर्यो कि परेन ? सो समेतको जानकारी मोबाइल एप्लिकेशनमा नै चेकजाँच गर्न सकिन्छ ।” यो फिचर धेरैले प्रयोग गरिरहेको समेत उनले उल्लेख गरिन् ।

नेपालमै पहिलो पटक सार्वजनिक गरिएको ‘माई-आस्बा सुविधा सिटिजन्स बैंकमा मात्र उपलब्ध रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्