Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘MAN–Citizens Aspiring Manager Award’ काे स्थापना गर्ने सहमति भएको छ ।

सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एमएएनका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरेका हुन् । यो पुरस्कार पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ ।

पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका पदाधिकारीको समिति गठन गरि उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा :ब्ल् को म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ ।

बैंकको यो कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्