Skip to content
Shikhar Insurance
National Life

बढ्यो सिटिजन लाइफको नाफा, अधिकांश सूचकमा आकर्षक प्रगति

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब २४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीको जीवन बीमा कोष १८ अर्ब २ करोड रहेको छ

५ अर्ब रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शेयर प्रिमियम शिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ राखेको छ । महाविपत्ती कोषमा २१ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९८ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७० करोड रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.५४ रुपैयाँ, पीई रेसियो ५२.१६ र प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्