Skip to content
Shikhar Insurance
National Life

२८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सिटिजन लाइफले बोलायो साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभन चैत १५ गते आम्रपाली ब्याङ्केट नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने आव्हान गरेको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको २६.९८प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

सभामा बोनस सेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्नेछ ,

सभामा खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार फागुन २७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्