काठमाडौं । सिटिजन लाइफ इन्स्योसेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई कुल २८.४१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको आधारमा २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने लागेका एक सूचनामार्फत जानकारी दिएको छ ।
साथै, उक्त लाभांश नेपाल बीमा प्रधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्