Skip to content
Shikhar Insurance
National Life

जेठ २३ गतेदेखि छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर १:१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्ने एक सूचनामर्फत कम्पनीले जानकारी दिएको छ । उक्त सेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछन् ।

साथै, कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE