Shikhar Insurance
National Life

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १२:१२
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो ।

जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अग्र्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँको २० बिघा अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने ‘१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात सुरु गरिएको हो ।’

जर्मन जाने गाजरको प्रतिकिलो २० र चुकन्दर प्रतिकिलो रु ५० मा तोकिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । सङ्घमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मन निर्यात हुने गरेको उनले जानकारी दिए । उनले भने ‘अग्र्यानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिँदै आइएको छ ।’ यहाँ उत्पादित कृषिउपज जर्मनसँगै चितवन, पोखरा, काठमाडौंलगायत अन्य जिल्लामा बिक्री हुँदै आएको छ ।

गाजर र चुकन्दर नेपालको ‘अग्र्यानिक भेन्चर’ नामक संस्थाले खरिद गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको न्यौपानेले जानकारी दिए । प्राङ्गारिक सङ्घलाई कृषि विकास कार्यालय चितवनले सुरुआती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको उनले बताए । पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्