Shikhar Insurance
National Life

चितवन जिल्ला अदालतले भन्यो: रविलाई साहारा सहकारी ठगी प्रकरणमा अहिले नै संलग्न नरहेको भन्न सकिँदैन

सिंहदरबार संवाददाता
२०८१ माघ २४, बिहीबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतले साहारा सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो ।

साथै अदालतले साहारा सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए । धरौटी वा जमानत दिननसके कानून बमोजिम थुनामा राख्न पनि आदेश दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्