Skip to content
Shikhar Insurance
National Life

क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै चितवनका अटोचालक अर्याल

Hyundai
NCELL
NIMB

चितवन । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७:०० देखि १०:०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म नि:शुल्क सेवा दिँदै आएका हुन् ।

पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आए । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आउनुभएका उहाँले धेरै क्यान्सर बिरामीका कथा सुने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे ।

उनले भने ‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर नि:शुल्क सेवा सुरु गरेँ ।’ यही सोचले उहाँले गएको मातातीर्थ औँसीदेखि नि:शुल्क सेवा सुरु गरेका हुन् । उनले हरेक बिहान ७:०० देखि १०:०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई नि:शुल्क दिँदै आएका छन् ।

उनले भने ‘बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।’ पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । त्यसैले उहाँले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उहाँको अटो खोज्दै आउँछन्, त कतिपयलाई उहाँ आफैँले बस–बसमा गएर खबर गरे ।

दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उनले लिएका हुन् । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उहाँले उनीहरूलाई नि:शुल्क गन्तव्यसम्म पुर्याए । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउनुहुन्छ र त्यही आम्दानीले परिवार चलाएका छन् ।

विदेश जाने तयारीमा रहेका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाए । उनले भने ‘आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दु:खीको सेवा गर्न चाहन्छु ।’ सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्